अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीमा वर्तमान संसदबाट सरकार बनाउने अन्तिम प्रयास : ६ दिनभित्र बहुमत सहित मुख्यमन्त्री दाबी गर्न आह्वान

कोशीमा वर्तमान संसदबाट सरकार बनाउने अन्तिम प्रयास : ६ दिनभित्र बहुमत सहित मुख्यमन्त्री दाबी गर्न आह्वान


विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि ६ दिनको समय दिएर सरकार गठनको आव्हान गर्नुभएको छ । ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको लागि आव्हान गर्दै प्रदेश प्रमुख खापुङले उक्त समय दिएका हुन् ।

विश्वासको मत लिने प्रयोजनको लागि आजै बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिने घोषणा गरेर प्रदेश प्रमुखलाई राजिनामा बुझाउनु भएको थियो ।

विश्वासको मत लिने प्रयोजनका लागि आव्हान भएको प्रदेशसभा बैठकमा विश्वासको मतका लागि बहुमत जुटाउन नसकेपछि कार्कीले राजीनामा दिएका हुन् । उनी गत भदौ २२ गते नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार सर्वोच्चको परमादेशबाट मुख्यमन्त्री बनेका थिए ।

प्रदेश प्रमुखले दिएको समयसीमाभित्र उपधारा ५ अनुसार सरकार गठन गर्न नसके प्रदेशसभा विघटन हुनेछ । यो उपधारा अनुसार ९३ सदस्यीय प्रदेशसभामा बहुमत सदस्य अर्थात ४७ जना सांसदको समर्थन लिएर जाने कुनै पनि सांसद मुख्यमन्त्री हुने संविधानमा व्यवस्था छ ।

सत्ता गठबन्धन तीनवटै दलले मुख्यमन्त्रीमा दाबी गरेकोले यहाँ सरकार गठन गर्न यहाँ रस्साकस्सी हुने देखिन्छ । कार्कीको राजिनमासँगै काँग्रेस संसदीय दलका नेता उद्धव थापा,माओवादी संसदीय दलका नेता इन्दबहादुर आङ्वो,नेकपा एस संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्रीमा दाबी गरेका छन् । गठबन्धनभित्रै एकले अर्कालाई मुख्यमन्त्री नस्विकार्ने अवस्थामा ६ जना साँसद भएको राप्रपा निर्णायक हुने देखिन्छ ।
मुख्यमन्त्रीबाट राजीनामा दिने क्रममा सहमतिको आव्हान गर्दै एमाले संसदीय दलका नेतासमेत रहेका हिक्मतकुमार कार्कीले अरू दलहरु मिलेको अवस्थामा आफ्नो दल बाँकी अवधि प्रतिपक्षमा बस्न तयार रहेको बताउनुभएको छ ।