अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उपत्यका विशेष प्रदेशको अध्यक्षमा प्रेम पराजुली सर्वसम्मत

एमाले उपत्यका विशेष प्रदेशको अध्यक्षमा प्रेम पराजुली सर्वसम्मत


काठमाडौँ – नेकपा एमालेको उपत्यका विशेष प्रदेशको प्रथम अधिवेशनबाट प्रेम पराजुलीको अध्यक्षतामा सबै पदमा सर्वसम्मत भएको छ । निर्वाचन समितिका संयोजक घनेन्द्र श्रेष्ठले सबै पदमा दोहोरो उम्मेदवारी नपरेको जानकारी दिनुभएको छ ।

अध्यक्षमा उम्मेदवारी दिएका नेपाल पर्यटन बोर्डका उपाध्यक्ष समेत रहेका चन्द्र रिजालले छाडिदिएपछि सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको हो । रिजालको उम्मेदवारी फिर्ताअघि नेतृत्वले उनको व्यवस्थापनका विषयमा सहमति गरेको बुझिएको छ ।

अधिवेशनबाट उपाध्यक्षमा जिफन्टका उपाध्यक्ष विदुर कार्की निर्विरोध हुनुभएको छ । त्यस्तै सचिवमा मिलेन धरेल निर्विरोध हुनुभएको छ । त्यस्तै उपसचिवमा जिफन्टकै उपाध्यक्ष जितेन्द्र श्रेष्ठ र उर्मिला सुनुवार निर्विरोध निर्वाचित भएका छन ।

गैह्रभौगोलिक र बुद्धीजीवी–कर्मचारी क्षेत्रका सदस्य आबद्ध यस प्रदेश कमिटीको सदस्यहरू पनि सबै निर्विरोध निर्वाचित भएका छन । कुल तीन सय चार प्रतिनिधि रहेको अधिवेशनले ७५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । यस प्रदेश कमिटी मातहत बुद्धिजीवी विशेष, मजदुर, विद्यार्थी र उद्योग–व्यावसय गरी चार जिल्ला कमिटी र ५८ इलाका कमिटी रहेका छन ।