अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सुदुरपश्चिमको अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली आज धनगढी जाँदै

एमाले सुदुरपश्चिमको अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली आज धनगढी जाँदै


काठमाडौं- नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली आज धनगढी जाँदै हुनुहुन्छ ।
अध्यक्ष ओलीको सचिवालयका अनुसार विहान पौने ९ बजे धनगढीका लागि प्रस्थान गर्ने तयारी छ । एमालेका सात भौगोलिक र एक गैह्र भौगोलिक प्रदेश कमिटी मध्ये छ वटाको अधिवेशन भइसकेको छ ।


जसमा सबभन्दा पहिला लुम्बिनी प्रदेशको अधिवेशन भदौको १६ र १७ गते भएको थियो । त्यसपछि भौगोलिकतर्फ बागमती,कर्णाली,कोशी र गण्डकी प्रदेशका अधिवेशन सम्पन्न भइसकेका छन् । गैह्र भौगौलिकतर्फ उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन पनि सम्पन्न भइसकेको छ ।
अब सुदुरपश्चिम र मधेस प्रदेशको अधिवेशन हुन बाँकी छ ।