अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले पर्वत-काठमाडौं सम्पर्क मञ्चको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

एमाले पर्वत-काठमाडौं सम्पर्क मञ्चको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न


काठमाडौं-नेकपा एमाले पर्वत-काठमाडौं सम्पर्क मञ्चले दसैँ तथा तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले मञ्चद्वारा प्रकाशित पुस्तक ‘पर्वत दर्पण’ अंक ६ को विमोचन गर्नुभयो।

शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि ज्ञवालीले राजनिति प्रशिक्षणको क्रममा अरु पार्टीको जस्तोसुकै कमजोरीलाई ढाकछोप गर्ने तर एमालेप्रति अफवाहमात्र फैलाउने गरेको टिप्पणी गर्नुभयो।

ज्ञवालीले भन्नुभयो, ‘गठबन्धनको प्रचण्ड सरकार देशमा अशान्ति, भ्रष्टाचार, तस्कर बढाउने प्रवृत्तितर्फ अनुकूल छ । यो सरकारले अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि नेपालको कूटनीतिक क्षमता कमजोर पारेको छ।’

कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं प्रमुख सचेतक पदम गिरी, केन्द्रीय सदस्य कल्पना चापागाईं, केन्द्रीय सदस्य कल्पना थापाले शुभकामना व्यक्त गर्नुभयो । प्रा.डा. खड्क केसीले नेपाल र अन्तर्राष्ट्रिय सम्बन्धबारे समीक्षा गर्नुभयो ।

शुभकामना आदानप्रदान तथा पर्वत दर्पण विमोचन कार्यक्रम मञ्चका अध्यक्ष शिव पौडेलको अध्यक्षतामा भएको थियो ।