अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हवाई भाडा घटाउन सांसद सुनिता बरालको सरकारलाई ध्यानाकर्षण

हवाई भाडा घटाउन सांसद सुनिता बरालको सरकारलाई ध्यानाकर्षण


काठमाडौँ-नेकपा एमालेकी सांसद सुनिता बरालले पर्यटक बढाउन हवाई भाडा घटाउन सरकारको ध्यानकर्षण गराउनु भएको छ।

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उहाँले पर्यटन बढाउन हवाई भाडा घटाउन तथा पोखरा जाने सडक सुधार गर्न आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘मनसुन बाहिरिएसँगै पर्यटकीय मौसम सुरु भएको छ, नेपालीहरुका लागि चाडपर्वको मौसम भित्रिएको छ। पर्यटक क्षेत्रमा आउने पर्यटकहरु ७० प्रतिशत भन्दा बढी पोखरालाई पहिलो गन्तब्य बनाएर आउने गर्छन तर ४ घण्टाका लागि अनुमानित गरेर थालिएको यात्रा करिब नौ–दश घण्टा लाग्ने अवस्था छ। यस्तै खालका सडकका समस्याहरु अन्य ठाउँमा पनि छन्।’ 

उहाँले हवाई भाडा घटाउन र दशैं–तिहारका लागि सुरक्षित गन्तब्यका लागि सडक सुधारका लागि आग्रह गर्नुभएको छ।  सांसद बरालले भन्नुभयो, ‘आज पर्यटन क्षेत्रमा सरकारले १३ प्रतिशत भन्दा बढी हवाई टिकटमा बृद्धि गरेको छ। हवाई टिकटमा गरिएको मूल्यवृद्धिलाई तुरुन्तै फिर्ता लिनुपर्छ र पर्यटनलाई समृद्धिको आधार निर्माण गर्ने कुरालाई थप सचेत हुनुपर्छ।  साथै सहज ढंगले चाडपर्व मनाउनका लागि सबै सडक सञ्जालहरुलाई सुरक्षित बनाउने र यातायातका साधनहरु प्रयोग गर्दाहरु सचेतता अपनाउनका लागि सम्बन्धित सबै पक्षलाई निर्देशन दिइयोस् भन्ने ध्यानाकर्षण गराउँछु ।’