अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्ड नेपालीका लागि होइन विदेशीका लागि कन्फर्टेबल हुनुहुन्छ: शंकर पोखरेल

प्रधानमन्त्री प्रचण्ड नेपालीका लागि होइन विदेशीका लागि कन्फर्टेबल हुनुहुन्छ: शंकर पोखरेल

‘वर्तमान सरकार जनताप्रति उत्तरदायी छैन’


धनगढी-नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री प्रचण्ड नेपाली जनताका लागि होइन विदेशीका लागि कम्फरटेवल भएको बताउनु भएको छ। उहाँले वर्तमान सरकार जनताप्रति उत्तरदायी नभएको टिप्पणी गर्नुभएको छ।

आइतबार एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले इजरायलमा भएको हिंसात्मक घटनामा परी नेपाली विद्यार्थीहरू समस्यामा पर्दा समेत सरकारले ठोस पहल कदमी चाल्न नसकेको भन्दै उक्त घटनामा सरकार बेखवर जस्तै बनेको बताउनु भएको हाे।

महासचिव शंकर पोखरेलले वर्तमान सरकार नेपाली जनताप्रति संवेदनशील हुन नसकेको बताउनु भयो।

‘इजरायलमा रहेका नेपाली विद्यार्थीहरू हमासको आक्रमणको शिकार भएका छन्, उनीहरुको नियन्त्रणमा छन् तर सरकार आफ्ना नागरिक के कस्तो अवस्था छन् भन्ने कुरामा बेखवरजस्तै छ’, महासचिव पोखरेलले भन्नुभयो, ‘यो सरकार नेपाली जनता र नेपाली नागरिकप्रति संवेदनशील छैन भन्ने पुष्टि हुन्छ।’

जनताको विकास र समृद्धिको आधार तय गरिरहेको बेला आफ्नै पार्टीको सरकारलाई एक्लाउन लागेकाहरूलाई जनताले राष्ट्रिय पार्टी समेत नबनाएको टिप्पणी गर्नुभयो । महासचिव पाखरेलले एमाले पहिलो पार्टी मात्रै भएर नहुने भन्दै अब एकल बहुमतको सरकार बनाउन सक्ने गरी अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको विदेश भ्रमणबाट देशलाई कुनै फाइदा नहुने महासचिव पोख्रेलले बताउनुभयो।

‘उहाँ भ्रमण गरेर स्वागत लिएर फर्किनु भयो देशको लागि केही गर्नु भएन । उहाँ देशको लागि होइन विदेशको लागि कन्फर्टेबल हुनुहुन्छ’, उहाँले भन्नुभयो, ‘देश र जनताको लागि एमाले बाहेक अरू कुनै पनि पार्टीले केही गर्न सक्दैनन् ।’