अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कमजोर हुँदा राष्ट्रियता र भौगोलिक एकता कमजोर हुन्छ: छविलाल विश्वकर्मा

एमाले कमजोर हुँदा राष्ट्रियता र भौगोलिक एकता कमजोर हुन्छ: छविलाल विश्वकर्मा


धनगढी–नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्माले एमाले कमजोर हुँदा राष्ट्रियता र भौगोलिक एकता कमजोर हुने गरेको बताउनु भएको छ।

सुदूरपश्चिम प्रदेशको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हाे । राष्ट्रियता र भौगोलिक एकता बलियो बनाउन एमालेलाई बलियो बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो।

‘एमाले कमजोर हुँदा राष्ट्रियता र भौगोलिक एकता कमजोर भएको छ। अराष्ट्रियता सम्बन्ध बिग्रिएको छ। समृद्धिको अभियान शिथिल भएको छ’, उहाँले भन्नुभयो, ‘एमालेलाई बलियो बनाएर राष्ट्रिय एकतालाई बलियो बनाउन आवश्यक छ।’

उहाँले सुदूरपश्चिम प्रदेशमा सीमा अतिक्रमणको समस्या रहेको बताउनुभयो । उहाँले चनाखो भएर अधिकार स्थापित गर्नु पर्ने बताउनुभयो।

प्रदेश अधिवेशन पछि जिल्ला पालिका हुँदै वडा अधिवेशन सफल बनाउने बताउनु भयो। एमाले अध्यक्ष केपी शर्माको ऊर्जा र आह्वानलाई सार्थक बनाउन आवश्यक रहेको उहाँले बताउनु भयो।