अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सुदूरपश्चिम अधिवेशन: अध्यक्षमा तीन जना आकांक्षी

एमाले सुदूरपश्चिम अधिवेशन: अध्यक्षमा तीन जना आकांक्षी


धनगढी–नेकपा एमाले सुदूरपश्चिम प्रदेशकाे अधिवेशनमा अधिवेशनमा तीन जनाले अध्यक्ष पदमा दाबेदारका रुपमा प्रस्तुत गरेका छन् । आइतबारबाट सुरु भएको प्रदेश अधिवेशनमार्फत नेतृत्वमा पुग्न हाल प्रदेश उपाध्यक्ष रहेका कमल तिमिल्सिना, सचिवालय सदस्यद्वय कृष्णप्रसाद जैसी र वचनबहादुर सिंहले आकांक्षा देखाएका हुन् ।

सिंहले केहीदिन अघि कञ्चनपुरमा पत्रकार सम्मेलन नै गरेर अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो। त्यस्तै तिमिल्सिना र जैशीले पनि आफू निकटस्थहरूमार्फत अध्यक्षमा प्रतिस्पर्धा गर्ने बताउनु भएको छ । तिमिल्सिना, जोशी र सिंह तीनै जनाले अध्यक्षमा प्रतिस्पर्धा गर्ने भन्दै छलफल र आन्तरिक गृहकार्य गरिरहेका छन् । तिमिल्सिना र जैसी अछामका हुन् भने सिंह कञ्चनपुरका स्थानीय बासिन्दा हुन्।

सबैभन्दा पहिला अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका सिंह एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य तथा युवा संघ नेपालका पूर्व अध्यक्ष पनि हुन्।  अध्यक्ष पदका उम्मेदवार तिमिल्सेना २०४४ सालदेखि अनेरास्ववियु, तत्कालीन प्रजातान्त्रिक युवा संघको केन्द्रीय सचिवालय हुँदै एमालेको जिल्ला कमिटी सदस्य र एमालेको जिल्ला अध्यक्ष अञ्चल कमिटी सदस्य हुँदै उहाँ प्रदेशका उपाध्यक्ष बन्नुभएको थियो।

आकाङ्क्षी देखिएका जैसी अछाम जिल्ला विकास समितिको सभापति, पार्टीको गाउँ कमिटी हुँदै पार्टीको जिल्ला कमिटी उपसचिव र दुई पटक सचिव भएका नेता हुन् ।