अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डलाई अध्यक्ष ओलीको व्यङ्ग्यः चन्दन लगाउँदैमा र मानसरोवरमा डुबुल्की मार्दैमा पाप कट्दैन

प्रचण्डलाई अध्यक्ष ओलीको व्यङ्ग्यः चन्दन लगाउँदैमा र मानसरोवरमा डुबुल्की मार्दैमा पाप कट्दैन


कैलाली-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चन्दन लगाउँदैमा र मानसरोवरमा डुबुल्की मार्देमा पाप नकट्ने बताउनु भएको छ।

सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष ओलीले प्रचण्ड जनताप्रति उत्तरदायी नभएको टिप्पणी गर्नुहुँदै देश र जनतालाई आशा जगाउने बेलामा प्रधानमन्त्री भ्रमणमा केन्द्रित भएको बताउनु भएको हो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले देशमा सरकार छ कि छैन ? के दुई धाम गरेर मात्रै हुन्छ ? जनतालाई माया नगरेपछि, देशलाई माया नगरेपछि चन्दन लगाएर गेरुवस्त्र लगाए पनि पाप कट्दैन, मानसरोवरमा डुबुल्की लगाए पनि पाप कट्दैन।’

उहाँले वर्तमान सरकारबाट देशको रक्षा हुन सक्ने अवस्था नरहेको टिप्पणी गर्नुभयो। एमाले नेतृत्वको सरकारपछि अर्थतन्त्र झन् ओरालो लागेको ओलीको आरोप थियो।

‘नेकपा एमालेले सरकार छाडेपछि अर्थतन्त्र ओरालो लाग्यो । हिंसा बढिरहेको छ। ७ प्रतिशतभन्दा माथि पु¥याइएको यो गठबन्धनले २ प्रतिशतभन्दा तल झारिसकेको छ’, उहाँले भन्नुभयो, ‘देश अप्ठेरो अवस्थामा पुगेको छ । अझै अप्ठेरो गतिमा पु¥याउनु हुँदैन।’

सुदूरपश्चिम प्रदेश विकासका दृष्टिकोणले पछाडि परेको भन्दै ओलीले प्रदेशलाई आधुनिक, विकसित र समृद्ध बनाउन चाहेको बताउनुभयो । प्रदेश अधिवेशनमार्फत आउने नयाँ नेतृत्वबाट सुदूरपश्चिम प्रदेशमा रहेका समस्याहरू हल गर्न सक्नु पर्ने ओलीको भनाइ छ।