अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मिसन ८४ पछि एमालेले बहुमतको सरकार बनाउँछ: अध्यक्ष ओली

मिसन ८४ पछि एमालेले बहुमतको सरकार बनाउँछ: अध्यक्ष ओली


धनगढी-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ पछि एमालेले बहुमतको सरकार बनाउने दाबी गर्नुभएको छ।

सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभातर्फ २ सिट मात्रै आएको बताउँदै उहाँले मिसन २०८४ पछि बहुमतको सरकार बनाउने बताउनु भएको हो।

आज नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारबाट देश र जनताको रक्षा हुन नसक्ने टिप्पणी गर्दै एमाले नेतृत्वको सरकारपछि देश र जनताको रक्षा र ओरालो लागेको देशको अर्थतन्त्र उकालो लाग्ने बताउनु भयो।