अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारलाई अध्यक्ष ओलीको प्रश्न: ३९ किलो सुन कहाँ गयाे?

सरकारलाई अध्यक्ष ओलीको प्रश्न: ३९ किलो सुन कहाँ गयाे?


धनगढी-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तस्करीको सुन छानबिन गर्न नचाहेको आरोप लगाउनुभएको छ।

आज एमाले सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले ३९ किलो सुन कहाँ गयो भनेर प्रश्न गर्नुभयो।

सुन तस्करीको अनुसन्धानमा सरकारले तमासा मात्र गरेको भदै उहाँले भन्नभयो, ‘१०० केजी सुनमा ६१ केजी भयो, ३९ केजी कहाँ गयो ?’

‘सय किलो सुन तस्करी गर्ने तस्करलाई चाहिएका बेला हाजिर हुन्छु भन्ने एक लाइनको कागज गराएर छोडिन्छ र सामान सबै लुकाउन लगाइन्छ’, ओलीको भनाई छ ।  उहाँले सरकारले आफैं तस्कर भगाउने र पर्सिपल्ट रित्ता वाकस मात्र भेटेको भनेर प्रचार गरेको पनि बताउनुभयो । यसैगरी विलम्ब गर्ने र तस्करीको सुन छानबिन नै गर्न नहुने पक्षमा सरकार पुगेको ओलीको भनाइ छ। 

उहाँले भेपमा ल्याएको नौ किलो सुन समेत कहाँ गयो भनेर प्रश्न गर्दै सुनमा भरिया समातेर नहुने र लगानी गर्ने व्यापारी समात्नुपर्ने बताउनु भयो।

सरकार तस्करी ढापछोप गर्न लागेकै कारण जाँचबुझ आयोग बन्न समय लागेको समेत उहाँले बताउनु भयो।

राष्ट्र बैंकको टक्सार विभागले सुन निकालेर गालेर खोजेको थियो, जस क्रममा करिब ६१ किलो मात्र सुन भएको पुष्टि भएको थियो।