अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

थाहा नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा ठप्प

थाहा नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा ठप्प


मकवानपुरसंघीय निजामती विधेयकको विरोधमा मकवानपुरको थाहा नगरपालिकामा पनि सरकारविरुद्ध विरोध प्रदर्शन भएको छ।

देशभरका स्थानीय तहका कर्मचारीहरु १८ असोजबाट आन्दोलनमा छन्। पेनडाउनसहित विरोधमा उत्रिएका उनीहरु १९ असोजबाट स्थानीय तहहरुमा अत्यावश्यक बाहेकको कामकाज बन्द गरी आन्दोलन गरिरहेका छन्।

थाहा नगरपालिकामा कार्यरत कर्मचारीहरुले आज विहान नगर प्रमुख विष्णुबहादुर विष्टलाई ध्यानाकर्षण पत्र बुझाउँदै अत्यावश्यक बाहेकका सेवाहरु अनिश्चितकालका लागि बन्द गरेका छन्। स्थानीय तह संघर्ष समिति थाहानगरका संयोजक अनिल लामिछानेको नेतृत्वको कर्मचारीहरूको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो।

ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख विष्टले कर्मचारीलाई आन्दोलन गर्न बाध्य नबनाई जायज माग पूरा गर्न संघीय सरकारले अनुरोध गरे। ‘म आफैं नगरपालिका संघको सदस्य हुँ, संघले कर्मचारीको आन्दोलनमा ऐक्यवद्धता जनाइ सकेको छ’ प्रमुख विष्टले भन्नभयो ।