काठमाडौँ-त्रिभुवन विमानस्थलबाट ५१० ग्राम सुन बरामद गरिएको छ। उक्त सुन मलेसियाबाट मलेसियन एयरलाइन्समा आएका सिन्धुलीका नवराज धामीले ल्याएका हुन्।
सोमबार दिउँसो ५१० ग्राम सुनसहित धामीलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पक्राउ गरिएको त्रिवि भन्सार प्रमुख डा. टोकराज पाण्डेले बताउनु भयो।
पाण्डेका अनुसार उनीमाथि शंका लागि चेकजाँच गर्दा टीभीभित्र लुकाई छिपाई काचो सुन ल्याएको पाइएको हो।






प्रतिक्रिया