अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इजरायलमा दश नेपालीको मृत्युमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

इजरायलमा दश नेपालीको मृत्युमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने


काठमाडौँ–इजरायलमा हमास समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि सरकारले आजका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले आज एक दिन राष्ट्रिय शोकको घोषणा गरेको हो ।

आज देशभरका सरकारी कार्यालयहरूमा र विदेशस्थित नियोगमा झण्डा आधा झुकाउने भइएको छ ।  

यस्तै मन्त्रिपरिषद्ले आतंकवादी समूहको आक्रमणमा परी ज्यान गुमाउने नेपालीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना पनि प्रकट गरेको छ ।

सरकारले मृतकहरुको शव  यथाशीघ्र नेपाल ल्याउन आवश्यक पहल गर्ने, मृतकका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।