काठमाडौं- काठमाडौं महानगरपालिका–११, सुन्धारास्थित एक गेस्ट हाउसमा १७ वर्षीया किशोरी मृत फेला परेकी छिन्।
प्रहरीको अनुसार सुन्धारास्थित किशोरी श्रीगुरु गेस्ट हाउसमा भूमिका राउत मृत फेला परेकी हन् ।
भूमिका राउत उक्त गेस्ट हाउसमा आफ्नो प्रेमीसँग असोज ८ देखि बस्दै आएकी थिइन् । प्रेमीले बयानमा आइतबार पैसा सकिएर आफू बाहिर निस्किएको र सोमबार बिहान गएर हेर्दा नीता कोठामा मृत भेटिएको बताएका छन्।
प्रहरीले घटनास्थलमा विषको बट्टा फेला पारेको छ । शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।





प्रतिक्रिया