काठमाडौँ-सरकारले संघीय संसद्को वर्षे अधिवेशन अन्त्यको तयारी गरेको छ। गत वैशाख २४ गतेदेखि सुरु भएको वर्षे अधिवेशन निर्वाचनपछि बनेको प्रतिनिधि सभाको दोस्रो अधिवेशन हो।
यही असोज २७ गते आसपासको मितिमा अधिवेशन अन्त्यको तयारी गरिएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले जानकारी दिनुभयो । सरकारले असोज २७ गते संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेशले संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम बनाएको छ।
महासचिवको सम्बोधनसँगै वर्षे अधिवेशन अन्त्यको तयारी गरिएको हो । त्यसअघि असोज २५ गतेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ। यस्तै राष्ट्रियसभा तर्फ चौधौँ अधिवेशन अन्तर्गत असोज २६ गते शुक्रबार बैठक बोलाइएको छ।
प्रतिक्रिया