अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड नेतृत्वको सरकार पूर्णरूपमा असफल: अध्यक्ष ओली

प्रचण्ड नेतृत्वको सरकार पूर्णरूपमा असफल: अध्यक्ष ओली


जनकपुरधाम–नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको गठबन्धन सरकार पूर्णरूपमा असफल भइसकेको बताउनु भएको छ।

नेकपा एमाले मधेश प्रदेश अधिवेशनको उद्घाटन गर्न जनकपुरधाम सञ्चारकर्मीको जिज्ञासामा साे कुरा बताउनु भएको हाे।

उहाँले भन्नुभयो, ‘कहिले ढल्छ त्यो नभनौं । तर, यो सरकारको काम छैन।’

अध्यक्ष ओली मधेश प्रदेश अधिवेशनको उद्घाटन गर्न जनकपुरधाम आइपुग्नु भएको छ। अध्यक्ष ओलीलाई नेता तथा कार्यकर्ताहरू स्वागत गरेका हुन्। उहाँको स्वागतका लागि पार्टी सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, रघुवीर महासेठ, केन्द्रीय सदस्य उमाशंकर अरगरियालगायतका नेता विमानस्थल पुग्नु भएको थियो।

नयाँ सरकार बनाउन नेपाली कांग्रेससँग छलफलमा हुनुहुन्छ ? भन्ने जिज्ञासामा अध्यक्ष ओलीले राजनीतिमा कुनै पनि दलसँग छलफल र संवाद सामान्य विषय भएको बताउनु भयो।

अध्यक्ष ओलीले जनकपुरधामस्थित पार्टी कार्यालयको नयाँ भवनको उद्घाटनसमेत गर्नुहुनेछ ‍। त्यसपछि उहाँले जनकपुरको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा एमाले मधेश प्रदेश अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ।