अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सुदूरपश्चिम अध्यक्षका प्रत्याशी तिमिल्सिनाद्वारा उम्मेदवारी फिर्ता

एमाले सुदूरपश्चिम अध्यक्षका प्रत्याशी तिमिल्सिनाद्वारा उम्मेदवारी फिर्ता

अध्यक्षमा जैशीलाई समर्थन


काठमाडौं-नेकपा एमाले सुदूरपश्चिमा अध्यक्षमा प्रत्याशी कमल तिमिल्सिनाले उम्मेदवारी फिर्ता लिनुभएको छ।

उहाँले कृष्णप्रसाद जैसीलाई सहमतिको अध्यक्ष बनाउन उम्मेदवारी फिर्ता लिएको बताउनु भयो। जैसी एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले अघि सारेका उम्मेदवार हुन्। तिमिल्सिनालाई केन्द्रीय सदस्य बनाउने आश्वासनपछि उहाँ प्रदेश अध्यक्षको दौडबाट बाहिरिएका हुन।

निर्वाचन प्रक्रिया लम्ब्याएर नेताहरु सर्वसम्मत नेतृत्व छान्न आकांक्षीबीच सहमति जुटाउने अन्तिम कसरतमा छन्।

अध्यक्षका दाबेदार अछामका भरत साउँद र कञ्चनपुरका वचनबहादुर सिंहको उम्मेदवार कायमै छ। साउद एमाले नेता भीम रावल निकट मानिन्छन्।