अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डको पार्टी माओवादी होइन: सीपी गजुरेल

प्रचण्डको पार्टी माओवादी होइन: सीपी गजुरेल


काठमाडौँ-क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता सीपी गजुरेलले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रलाई माओवादी भन्न नमिल्ने तर्क गर्नुभएको छ।

बुधबार पार्टी कार्यालय कुपन्डोलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले माओवादी परित्याग गरिसकेको उहाँले जिकिर गर्नुभयो।

उहाँले भन्नुभयो, ‘प्रचण्डजीको पार्टीलाई माओवादी भन्न मिल्दैन। उहाँसँग अहिले हिङ बाँधेको टालो पनि छैन। माओवादी परित्याग गरिसक्नुभयो । माओवादी नाम नराख भन्न त मिलेन। त्यसैले प्रचण्डजीको पार्टी माओवादी पार्टी होइन।’