धनगढी-नेकपा एमाले सुदूरपश्चिमको अध्यक्षमा मनोनयन दर्ता गराएका वचनबहादुर सिंहले उम्मेदवारी फिर्ता लिनु भएको छ। सिंहले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कमिटीको कार्यालयले जनाएको हो।
यसअघि अध्यक्ष पदका उम्मेदवार कमलप्रसाद तिमिल्सिनाले पनि उम्मेदवारी फिर्ता लिनु भएको थियाे।
अब अध्यक्षको उम्मेदवारका रुपमा कृष्ण जैशी र भरत साउद चुनावी मैदानमा हुनुहुन्छ। एमाले नेताहरूले जैशीलाई सर्वसम्मत अध्यक्ष बनाउने प्रयास गरिरहेको एक स्राेतले बताए । तर साउदले जैशीलाई अहिलेसम्म समर्थन गरेका छैनन् । अध्यक्षबाट उम्मेदवारी फिर्ता लिनुपरेमा आफू पक्षीय नरबहादुर बिक र भागिरथी विष्टलाई उपसचिव बनाउनुपर्ने साउदको सर्त छ।







प्रतिक्रिया