अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सरकारमा नआएको भए भूकम्पपछिको पुनर्निर्माण हुँदैनथ्यो: अध्यक्ष ओली

एमाले सरकारमा नआएको भए भूकम्पपछिको पुनर्निर्माण हुँदैनथ्यो: अध्यक्ष ओली


जनकपुरधाम–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इजरायलमा रहेका नेपालीको उद्धार गर्न सरकारसँग माग गर्नु भएको छ।

एमालेको मधेश प्रदेशको अधिवेशलाई उद्घाट गर्दै निर्दोष युवाहरु इजरायलमा मारिनुपरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो देश गरीब हुनसक्ने देश होइन, यति उर्वर देश आज मरुभूमिमा जीवन खोज्न कुदिराख्या छ। आज निर्दोशमा हाम्रो युवाहरु मारिनु परेको छ। सरकारले छिटो उद्धार गर्ने व्यवस्था गरोस्, राहत सुविधा उलपब्ध गराओस्, यतापट्टि सरकारको ध्यान जाओस्।’

अध्यक्ष ओलीले एमालेविरुद्ध चौतर्फि घेराबन्दी भए पनि दृढतापूर्वक एकताबद्ध भएर उभिएर अगाडि बढिरहेको बताउनु भयो । उहाँले एमालेले भूकम्पपछि आठ लाखभन्दा धेरै घरहरु बनाएर पीडितलाई हस्तान्तरण गरेको समेत बताउनु भयो।

उहाँले भन्नुभयो, ‘त्यो एमालेबाहेक अरु कसैले गर्न सक्दैनथ्यो। २०७२ सालमा भूकम्प गयो २०७४ सालसम्म हामीले २०७२ सालमा बनाएको कानून र आयोग भत्काउने बाहेक त्यसपछि बनेको सरकारले गर्न सकेन। फेरि चुनावबाट एमाले सरकारमा आएपछि पुर्ननिर्माणको काम अगाडि बढ्यो।’