अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनमत पार्टी परित्याग गरी पूर्व सांसद किशोरी साह एमालेमा प्रवेश

जनमत पार्टी परित्याग गरी पूर्व सांसद किशोरी साह एमालेमा प्रवेश


धनुषामधेश प्रदेशका पूर्व सांसद किशोरी साह ‘कमल’ जनमत पार्टी परित्याग गरी पुनः नेकपा एमालेमै फर्कनु भएको छ।

एमाले मधेश प्रदेश अधिवेशनको उदघाटन सत्रमा पूर्व सांसद साह एमालेमै फर्कनु भएको हो।

साहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टीका लगाई गम्छा ओढाएर पार्टीमा स्वागत गर्नुभयो। साह २०७४ मा धनुषाको प्रदेशसभा क्षेत्र १ (क) बाट नेकपा एमालेबाट विजयी हुनुभएको थियो।

गत २०७९ को निर्वाचनमा टिकट नपाएको भन्दै साह जनमत पार्टीमा प्रवेश गरी प्रतिनिधिसभामा चुनाव लडनु भएको थियो । चुनावमा पराजित साह पुनः आफ्ना समर्थकसहित एमालेमा प्रवेश गर्नुभएको हो ।

एमाले छाडनु गल्ती भएको र एमाले मात्रै मधेसको सच्चा हितैसी रहेको कारण आफू एमालेमै फर्किएको साहले बताउनु भएको छ ।