अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चले दशैं, तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चले दशैं, तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रम गर्ने


काठमाडौं-नेकपा उदयपुर-काठमाडौं सम्पर्क मञ्चले यही असाेज २७ गते शनिवारका दिन शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ।

एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चको आयोजनामा नेपाली हिन्दूहरुकाे महान चाड दशैं, तिहार र छठ पर्व विशेष शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम लतिलपुर, च्यासलस्थित नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन हलमा २०८० असाेज २७ गते शनिवार दिउँसाे १२:३० बजे गर्न लागेको मञ्चका अध्यक्ष उमाकान्त चौधरीले जानकारी दिनुभयो।

नेकपा एमाले कोशी प्रदेश कमिटीका सदस्य एवं उदयपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य अम्बरबहादुर रायमाझीको प्रमुख आतिथ्यमा हुने चाडपर्व विशेष कार्यक्रममा उपस्थित हुन सम्पर्क मञ्चका अध्यक्ष चौधरीले सबैलाई आग्रह समेत गर्नुभएको छ।

गत वर्ष झैं यस वर्ष पनि नेपाली हिन्दूहरुकाे महान पर्व दशैं, तिहार र छठको अवसरमा कार्यक्रम आयोजना गरिएको उदयपुर काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष उमाकान्त चौधरीले जानकारी दिनुभयो।

अध्यक्ष चौधरीभन्नुभयो, ‘नेकपा एमाले उदयपुर-काठमाडौं सम्पर्कको मञ्चद्वारा आयोजित दशैं, तिहार र छठ पर्वकाे शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम लतिलपुर, च्यासलस्थित नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन हलमा असाेज २७ गते शनिवार दिउँसाे १२:३० बजे गर्न गइरहेको हुनाले उदयपुर जिल्लाबाट काठमाडौं उपत्यकामा विभिन्न पेशामा आवद्ध उदयपुरे सम्पूर्ण दिदीबहिनी, आमाबुवा, दाजुभाइ, मञ्चमा आवद्ध पदाधिकरी, सचिवालय सदस्य, सदस्यहरु, मञ्च सल्लाहकारज्यूहरु एवं ४ वटा पालिका र ४ वटा नगरपालिकाका महानुभावहरु, एमालेका नेता-कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक, समर्थक लगायत मानुभावहरुलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछु।’