अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुटेरा पक्राउ गर्न प्रहरीले गोली हान्यो, एकजना घाइते

लुटेरा पक्राउ गर्न प्रहरीले गोली हान्यो, एकजना घाइते


काठमाडौं-काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर एक समूहलाई नियन्त्रणमा लिएको छ। प्रहरीको गोली लागेर एकजना घाइते भएका छन्।

गोकर्णेश्वर नगरपालिका ९ जगडोलमा प्रहरीले गोली चलाएको हो । लुटेरा समूह आएको खबर पाएपछि प्रहरी त्यहाँ पुगेको थियो । सो समूहले हतियार झिकेपछि आत्मरक्षाका लागि भन्दै प्रहरी टोलीले गोली चलाएको थियो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीले प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएको र उनको नेपाल मेडिकल कलेजमा उपचार भइरहेको जानकारी दिनुभयो । अरु तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो।