अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीमा राजनीतिक संकटको कारक कांग्रेस: मुख्यमन्त्री कार्की

कोशीमा राजनीतिक संकटको कारक कांग्रेस: मुख्यमन्त्री कार्की


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा मिलिजुली सरकार बनाउने जनादेश भए पनि नेपाली कांग्रेसले नचाहेका कारण संकट आइपरेको बताउनु भएको छ।

बिहीबार जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उहाँले कांग्रेसका कारण प्रदेशमा सरकार बन्न नसक्ने अवस्था आएको बताउनु भएको हाे।

उहाँले भन्नुभयो, ‘कोशी प्रदेशमा मिलिजुली अघि बढ्ने जनमत प्राप्त भयो, सोही अनुसार प्रयास गरिरहेका छौं, तर एउटा कोशिसले मात्र काम गर्दैन रहेछ। मुलुकको जिम्मेवार पार्टी नेपाली कांग्रेसले संकट समाधान गर्न चाहेन।’

उहाँले कांग्रेसले काेशी प्रदेश सरकारकाे नेतृत्वका लागि हैसियत नै नराखेकाे बताउनुभयो। ‘हामीले २९ सिट लिएर आउनुहाेस्। सरकारकाे नेतृत्व गर्नुहाेस् भन्यौ तर खुट्टा कमाइ रहेकाे छ।’

राजनीतिक स्थायित्वका लागि एमाले र काङ्ग्रेस मिल्नुको विकल्प नरहने बताउँदै उहाँले कांग्रेसलाई मिल्नका लागि आग्रह गर्नुभयो । काङ्ग्रेस मिल्न तयार नभए माओवादी केन्द्रसँग पनि मिलेर जान एमाले तयार रहेको कार्कीले बताउनुभयो।

कार्यक्रममा  वातावरण क्षेत्रमा विज्ञ पत्रकार रामचन्द्र अधिकारीलाई  नगद १५ हजारसहित पुरस्कृत गरिएकाे छ। मुख्यमन्त्री, चाैतारी सचिव विक्रम लुइटेल लगायतले अधिकारीलाई पुरस्कार प्रदान गर्नु भएकाे छ। कार्यक्रममा सचिव लुइटेल र पत्रकार महासंघ काेशी प्रदेशका सचिव देवेन्द्र कार्कीले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे । कार्यक्रम प्रेस चाैतारी माेरङका अध्यक्ष सुदिप काेइरालाकाे अध्यक्षतामा भएकाे थियाे।