अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुर्गा प्रसाईँका कार्यकर्ताले गरे महेश बस्नेत सहभागी कार्यक्रममा गाडी तोडफोड (तस्वीरहरू)

दुर्गा प्रसाईँका कार्यकर्ताले गरे महेश बस्नेत सहभागी कार्यक्रममा गाडी तोडफोड (तस्वीरहरू)


झापा-झापामा एमाले नेता महेश बस्नेत सहभागी भई निकट राष्ट्रिय युवा संघ नेपालको कार्यक्रम कार्यक्रम चलिरहेको बेला पार्किङमा राखिएको गाडी तोडफोड भएको छ।

पहिचानवादीको भेलामा दुर्गा प्रसाईँका कार्यकर्ता मिसिएर अर्जुनधारामा भएको राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशनको क्रममा गाडी तोडफोड गरिएको हो।

नेता महेश बस्नेतले भाषण गरिरहेका बेला बाहिर रोकेर राखिएको एक दर्जन जति गाडी तोडफोड भएको छ । ती सवै गाडी दुर्गा प्रसाईका सहयोगीले तोडफोड गरेका हुन्।

गाडी फुटाउने समूहको अगुवाइ गर्ने दुर्गा प्रसाईँनिकट विक्रम सुब्बा पक्राउ परेका छन् । सुब्बाले प्रसाईँलाई कालोमोसो दलिएपछि विर्तामोडमा जुलुससमेत निकालेका थिए।