काठमाडौँ-गृह मन्त्रालयले बाँकेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) विपिन आचार्यसहित चार जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको छ।
धार्मिक र साम्प्रदायिक दङ्गा भड्किएपछि प्रजिअ आचार्यलाई गृह मन्त्रालयमा फिर्ता बोलाइएको छ। बाँकेको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेललाई पठाएको गृह मन्त्रालयका एक जना अधिकृतले जानकारी दिनुभयो।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन् । सर्लाहीमा कार्यरत इन्द्रदेव यादवलाई जिल्ला प्रशासन कार्यालय इलाममा सरुवा गरिएको छ। कोमलप्रसाद धमलालाई सर्लाहीमा सरुवा गरिएको छ। धमला दोलखाका प्रजिअ हुनुहुन्थ्यो। जिल्ला प्रशासन कार्यालय दोलखाको प्रजिअमा टुवराज पोखरेललाई पदस्थापन गरिएको गृह मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया