अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्कीद्वारा दाबी

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्कीद्वारा दाबी


विराटनगर–नेपाली कांग्रेसका सांसद केदार कार्कीले नेकपा एमालेको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न लाग्नु भएको छ।

उहाँले एमालेका सांसदसहितको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्न लाग्नु भएको हो । कार्कीलाई एमालेका ३९ र कांग्रेसका ८ सांसदसहित ४७ सांसदको समर्थन रहेको दाबी गरिएको छ। उहाँसँगै एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी लगायतका सांसदहरु पनि प्रदेश प्रमुखकहाँ पुगेका छन्।

कांग्रेसका केदार कार्की, रामकुमार खत्री, शम्शेर राई, इन्दिरा थापा, लिलाकुमारी राई, गोविन्दा गिरी, मानबहादुर लिम्बु र सुनिताकुमारी गुरुङसहित ८ जनाले हस्ताक्षर गरेका छन् ।

सत्ता गठबन्धनले माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेलगत्तै कांग्रेसका ८ सांसदले विद्रोह गर्दै एमालेसँग मिलेर मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेको हो ।