अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीको मुख्यमन्त्रीमा माओवादी नेता आङ्बोको पनि दाबी पेश

कोशीको मुख्यमन्त्रीमा माओवादी नेता आङ्बोको पनि दाबी पेश


विराटनगर-कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी पेश गर्नुभएको छ।

बिहीबार अपरान्ह प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्री दाबी गर्नुभएकाे हाे।

माओवादी संसदीय दलका नेतासमेत रहेका आङ्बोलाई सत्ता गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा अघि सार्ने शीर्ष तहका नेताहरूले आजै मात्र निर्णय गरेका थिए। 

नेता आङ्बोलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संसदीय दलको समर्थन छ।

आजै नेपाली कांग्रेसका नेता केदार कार्कीले पनि मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालय पुग्नु भएको छ। उहाँलाई कांग्रेसकै ८ र एमालेका ३९ सांसदको हस्ताक्षर सहित पुग्नुभएकाे हाे।

कांग्रेसका केदार कार्की, रामकुमार खत्री, शम्शेर राई, इन्दिरा थापा, लिलाकुमारी राई, गोविन्दा गिरी, मानबहादुर लिम्बु र सुनिताकुमारी गुरुङसहित ८ जनाले हस्ताक्षर गरेका छन्।

सत्ता गठबन्धनले माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेलगत्तै कांग्रेसका ८ सांसदले विद्रोह गर्दै एमालेसँग मिलेर मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेको हो ।