अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेश: कांग्रेस संसदीय दलका उपनेता कार्कीद्वारा राजीनामा

कोशी प्रदेश: कांग्रेस संसदीय दलका उपनेता कार्कीद्वारा राजीनामा


विराटनगर–नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले उपनेताबाट राजीनामा दिनुभएको छ ।

उहाँले आजै कोशी प्रदेश सभाको दलको उपनेताबाट राजीनामा दिनु भएकाे हाे । उहाँले आजैबाट उपनेताको जिम्मेवारी निभाउन नसक्ने भन्दै राजीनामा दिएका हुन् । उहाँले आफू अब प्रदेशसभा सदस्यमात्रै रहने बताउनु भयाे ।

उहाँले भन्नुभयो, ‘विविध कारणवश म उक्त जिम्मेवारी (संसदीय दलको उपनेता)मा रहेर भूमिका निर्वाह गर्न असमर्थ भएका कारण आजैका मिति देखि लागू हुने गरी उक्त प्रदबाट राजीनामा गरेको ब्यहोरा अनुरोध गर्दछु।’

उहाँले आगामी दिनमा नेपाली कांग्रेस प्रदेश सभा सदस्यको हैसियत‌मा भने दलप्रति इमानदार भएर लाग्ने प्रतिबद्धता समेत जनाउनुभएको छ।