अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीको मुख्यमन्त्रीमा इन्द्र आङ्बो र केदार कार्कीको दाबी

कोशीको मुख्यमन्त्रीमा इन्द्र आङ्बो र केदार कार्कीको दाबी


विराटनगर–कोसी प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर आङ्बो र केदार कार्कीले दाबी पेस गर्नुभएको छ। आङ्बो नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता हुन्। 

दुवै जनाले बहुमत (४७) प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गर्नु भएको हाे। सत्ता गठबन्धनले आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो।

कार्की नेपाली कांग्रेसका प्रदेशसभा सदस्य हुन्। कांग्रेसको संस्थापनइतर अर्थात् डा. शेखर कोइराला पक्षधर उहाँले नेकपा एमालेको समर्थन लिएर मुख्यमन्त्रीमा दाबी गर्नु भएको हाे। कांग्रेसका ८ जना प्रदेशसभा सदस्यले पनि उहाँलाई साथ दिएका छन्। 

९३ सदस्यीय प्रदेश सभामा एमालेका उपसभामुख सहित ४०, कांग्रेस २९, माओवादी केन्द्र १३, नेकपा एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टी (जसपा)का १ सांसद छन्। ६ सांसद भएको राप्रपा तटस्थ बसेको छ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार भोलि (शुक्रबार) ५ बजेसम्म नयाँ सरकार गठनको दाबी पेस गर्न समयसीमा दिनुभएको छ।

नेपाली कांग्रेसभित्रै सभापति शेरबहादुर देउवा र शेखर कोइराला पक्षको भिन्ना भिन्दै गुट बन्दा कोशीको राजनीति थप अन्योल भएको छ।