बझाङ-असोज १६ गते बझाङ सदरमुकाम चैनपुर केन्द्रबिन्दु बनाएर गएको ६.३ रेक्टर स्केलको भूकम्पपछि यस क्षेत्र वरिपरि केन्द्रबिन्दु बनाएर ५१३ वटा पराकम्पन गएको भूकम्प राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्पको जोखिममा रहेको बझाङ सदरमुकाम चैनपुरलगायत छिमेकी मष्टा, तल्कोट तथा छबिसपाथिभेरा गाउँपालिकामा केन्द्रबिन्दु बनाएर एक साताको अवधिमा मात्र ५१३ पटक भूकम्पका पराकम्पन गएकाले भूकम्पको जोखिम अझै कायम रहेको समेत बताइएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्प विज्ञसहितको टोलीले सदरमुकाम चैनपुरमा पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा भूकम्पको जोखिम अझै कायम रहेकाले सचेत रहन समेत आमनागरिकलाई आग्रह गरेको छ ।

प्रतिक्रिया