विराटनगर -प्रेस चौतारी मोरङले स्थापना गरेको जनार्दन मैनाली पत्रकारिता पुरस्कारबाट पत्रकार रामचन्द्र अधिकारी पुरस्कृत हुनुभएको छ ।
मुख्यमन्त्री हिक्मत कार्कीले अधिकारीलाई आज एक कार्यक्रमका बीच पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । जीव तथा वातावरणको क्षेत्रमा लामो समय देखि कलम चलाउदै आएका अधिकारी प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य, प्रेस चौतारी मोरङका पूर्व उपाध्यक्ष तथा पत्रकार महासंघ मोरङका पूर्व उपाध्यक्ष हुनुुहुन्छ । अधिकारीले यस अघि नै वातावरण पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएके छ । अधिकारीलाई विज्ञ पत्रकारको रुपमा चौतारीले पुरस्कृत गरेको अध्यक्ष सुदिप कोइरालाले जानकारी दिनुभयो । पुरस्कारको राशी १५ हजार ५ सय रुपैंया र प्रमाण पत्र रहेको छ ।
नेकपा एमाले भूमिगत हुँदाका सेल्टरदाता स्वर्गीय जनार्दन मैनालीको स्मृतिमा उहाँका परिवारले यो पुरस्कार स्थापना गरेका हुन् । १६ वर्ष अघिनिधन भएका मैनलीको नाममा श्रीमती कमला मैनालीले अक्षय कोश स्थापना गर्नुभएको छ । सोही अक्षय कोशको रकमको व्याजबाट हरेक वर्ष चौतारी मोरङले सृजनशिल पत्रकारलाई यो पुरस्कार वितरण गर्ने गरेको अध्यक्ष कोइरालाले जानकारी दिनुभयो ।
प्रतिक्रिया