अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले मधेस प्रदेशका सचिव डा.कृष्ण पौडेल मृत अवस्थामा भेटिए, जारी प्रदेश अधिवेशन स्थगित

एमाले मधेस प्रदेशका सचिव डा.कृष्ण पौडेल मृत अवस्थामा भेटिए, जारी प्रदेश अधिवेशन स्थगित


बारा -नेकपा एमाले मधेस प्रदेशका सचिव एवं बाराको जीतपुरसिमरा उपमहानगरका पूर्व मेयर डा.कृष्ण पौडेलको निधन भएको छ ।
प्रेस चौतारी नेपालका सचिव एवं मधेस प्रदेश इन्चार्ज कमल उपाध्यायका अनुसार करिब ४८ वर्षका पौडेल आज दिउसो आफ्नै घरमा मृत फेला परेका हुन् । केही समय अघि देखि विभिन्न रोगले चापेका पौडेल स्वास्थ्यका कारण अधिवेशनमा सहभागी भएका थिएनन् । आज दिउसोसम्म पनि घरको ढोका नखुलेपछि आफन्त र प्रहरीले ढोका फोडेर हेर्दा पौडेल मृत अवस्थामा भेटिएका थिए । पौडेलको निधनका कारण मधेस प्रदेशका जारी अधिवेशन स्थगित भएको छ ।
बाराका एसपी कृष्ण काफ्लेका अनुसार आफन्तले खबर गरेपछि प्रहरीले पौडेलको चेन गेट खोलेर हेर्दा घरको माथिल्लो तलामा मृत अवस्थामा भेटिएका थिए । उनलाई घोप्टो परेको अवस्थामा भेटिएको काफ्लेले बताए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको एसपी काफ्लेले जानकारी दिनुभयो ।