काठमाडौँ-फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिल बराबरीमा रोकिदा अर्जेन्टिना विजयी भएको छ ।
शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १-० गोलले हरायो । अर्जेन्टिनाको जितमा निकोलास ओटामेन्डीले गरेको गोल निर्णायक सावित भयो ।
उनले खेलको तेस्रो मिनेटमै गोल गरेका थिए । यता ब्राजिललाई भेनेजुएलाले १-१ गोलको बराबरीमा रोक्यो ।
ब्राजिलका लागि गाब्रियल जेससले ५० मिनेटमा गोल गरेका थिए । तर भेनेजुएलाका बेलोले खेल सकिन ५ मिनेट बाँकी छदा बराबरी गोल फर्काए ।
छनोटको अंक तालिकामा अर्जेन्टिना ९ अंक जोड्दै शीर्ष स्थानमा रहदा दोस्रो स्थानमा झरेको ब्राजिलको ७ अंक छ ।-एजेन्सी
प्रतिक्रिया