अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले मधेशमा पदाधिकारी सर्वसम्मत, अध्यक्षमा चण्डेश्वर मण्डल

एमाले मधेशमा पदाधिकारी सर्वसम्मत, अध्यक्षमा चण्डेश्वर मण्डल


जनकपुरधाम-नेकपा एमाले मधेश प्रदेशको पदाधिकारी सर्वसम्मत चयन भएको छ।

अध्यक्षमा चण्डेश्वर मण्डलसहित पाँच पदाधिकारी सर्वसम्मत चयन भएका हुन्। मण्डल सिराहाका जिल्ला अध्यक्ष हुनुहुन्छ।

उपाध्यक्षमा संविधान सभा सदस्य पर्साका विचारी यादव, सचिवमा बाराका मनोज पौडेल, उपसचिवमा आरती भण्डारी (रौतहट) र मोहम्मद कैस (धनुषा) चयन हुनुभएकाे छ।

जनकपुरधाममा बुधबारदेखि जारी एमालेको प्रथम अधिवेशनमा बिहीबार बिहानदेखि बन्दसत्रमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने कसरतपछि पदाधिकारीमा सहमति जुटेको हो।

निर्वाचन समितिले बिहीबार साढे ५ बजे निर्वाचन तालिका र प्रतिनिधिको नामावली प्रकाशन गरेको थियो। पदाधिकारीसहित सदस्यहरुमा मनोनयन दर्ता भइरहेको एमाले नेता सन्तोष यादवले जानकारी दिनुभयाे। सकेसम्म सदस्यसहित पदाधिकारी चयन गरेरै नयाँ नेतृत्वको घोषणा गर्ने एमालेको तयारी छ।