काठमाडौं-प्रतिनिधिसभा बैठक कात्तिक १२ गतेसम्मका लागि स्थगित भएको छ।
शुक्रबार बसेको बैठकपछि सभामुख देवराज घिमिरेले कार्त्तिक १२ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभयो।
बैठकमा सांसदहरूले चाडपर्वको मुखमा बढ्दै गएको कालोबजारी नियन्त्रणलगायत इजरायलमा फसेका स्वदेश फर्कन चाहने नेपालीहरूको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।
यस्तै सांसदहरूले शिक्षकका समस्या, स्वास्थ्यकर्मीका समस्या सम्बोधन गर्न र डेङ्गु सङ्क्रमण रोक्न समयमै ठोस प्रयत्न गर्न सरकारसँग आग्रह गरेका थिए।
प्रतिक्रिया