अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालको जातीय सद्भाव सिङ्गमरमर हो: ईश्वर पोखरेल

नेपालको जातीय सद्भाव सिङ्गमरमर हो: ईश्वर पोखरेल


काठमाडौं-नेकपा (एमाले)का वरिष्ठ उपाध्य ईश्वर पोखरेलले नेपाल बुहजाति, बहुभाषा, बहुसंस्कृति र भौगोलिक विविधता भएको देश भएको बताउनुभएको छ।

प्रेस चौतारी नेपाल, काठमाडौंले आज राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले भन्नुभयो, ‘यसको अर्थ के– हो भने हाम्रो बीचमा सामाजिक सद्भाव अत्यावश्यक छ। यो सामाजिक सद्भावको जगमा मात्रै हाम्रो राष्ट्रिय एकता रहन सक्छ।’

उहाँले हाम्रा अभिव्यक्ति, आचरण र व्यवहारहरुले मात्रै सामाजिक सद्भावलाई कायम राख्ने बताउनुभयो। उहाँले नेपाल देश सिङ्गमरमर जस्तै भएको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, ‘मैले धेरै ठाउँमा भन्ने गरेको छु- हामीले सिङ्गमरमर देख्छौँ । सिङ्गमरमरमा बुट्टा नै बुट्टा हुन्छन्। कुनै ठूला हुन्छन्। कुनै साना हुन्छन,’ उहाँले भन्नुभयो, ‘रातो, पहेलो, हरियो, कालो अनेक खालका बुट्टाहरु देखिन्छ। त्यो हजारौँ वर्षको भौगर्भिक र रासायनिक प्रक्रियाबाट त्यो चिज बनेको छ। यी भिन्न छन्। एकआपसमा गाँसिन मिल्दैन भनियो भने त्यो दुर्भाग्य हुन्छ। हाम्रो समाज पनि त्यस्तै हो ।’

उहाँले नेपालको सामाजिक संरचना पनि सिङ्गमरमर जस्तै भएको उल्लेख गर्नुभयो।

उहाँले राजनीतिक अस्थिरताका कारण राष्ट्रिय स्वाभिमान कमजोर भएको उल्लेख पनि गर्नुभयो । एमाले मिसन २०८४ र मिसन ५१ प्रतिशतको अभियानमा लागेको उहाँको भनाई थियो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलगायतले पनि सम्वोधन गर्नुभएको थियो । कार्यक्रम काठमाडौं चौतारीका अध्यक्ष मुुकुन्द भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो ।