अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै कांग्रेस-एमालेका सांसदहरू पुगे कोशी प्रमुखको कार्यालयमा

केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै कांग्रेस-एमालेका सांसदहरू पुगे कोशी प्रमुखको कार्यालयमा


विराटनगर-कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका सांसद केदार कार्कीलाई नियुक्त गर्न माग गर्दै कांग्रेस र नेकपा (एमाले)का ४८ सांसद प्रदेश प्रमुखको कार्यालय पुग्नु भएको छ।

४७ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी प्रस्तुत गरेकाले कार्कीलाई आजै मुख्यमन्त्री नियुक्त गर्नुपर्ने उहाँहरूको माग छ।

प्रदेश प्रमुख खापुङ्गले संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गर्न दिएको समय शुक्रबार साँझ ५ बजे सकिँदै छ। 

मुख्यमन्त्रीमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका सांसदको हस्ताक्षर गरेर माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले प्रदेश प्रमुख समक्ष हिजो नै दाबी गर्नुभएको थियो । तर इन्द्रको पक्षमा हस्ताक्षर गरेका कांग्रेसका नौ जना सदस्यले उक्त हस्ताक्षर पुरानो भएको र आफूहरूको उहाँलाई समर्थन नभएको भन्दै बिहीबार आफैँ उपस्थित भएर प्रदेश प्रमुखलाई निवेदन बुझाई सक्नु भएको छ ।  

यस्तो अवस्थामा पनि प्रदेश प्रमुखले गठबन्धनको दबाब र आडमा नयाँ मुख्यमन्त्री नियुक्तिमा ढिलाइ गरिरहनुभएको छ ।