अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेश: सांसदहरूको सनाखत भोलि बिहान ८ बजेदेखि हुने

कोशी प्रदेश: सांसदहरूको सनाखत भोलि बिहान ८ बजेदेखि हुने


विराटनगर-कोशी प्रदेश प्रमुख कार्यालयले सांसदहरूको सनाखतका लागि २०८० असाेज २७ गते शनिवार बिहान ८ बजेदेखि समय तोकेको छ। 

शनिबार बिहान ८:०० बजेदेखि दिउँसो २:०० बजेसम्म दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्रसाथ प्रदेश प्रमुखको कार्यालयको सभाहलमा उपस्थित हुन भनेको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिका लागि कोशी प्रदेशसभा सदस्यहरू इन्द्र बहादुर आङ्बो र केदार कार्कीले ४७/४७ जना सदस्यहरूको समर्थन रहेको भनी हस्ताक्षरसहित दाबी पेश गरेका थिए।

केदार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै नेपाली कांग्रेस र नेकपा (एमाले) का सांसदहरू प्रदेश प्रमुख परशुराम खापुङ्गको कार्यालयमा पुगेका थिए।

केदार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै नेपाली कांग्रेस र नेकपा (एमाले) का सांसदहरू प्रदेश प्रमुख परशुराम खापुङ्गको कार्यालयमा पुगेका थिए।

४७ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी प्रस्तुत गरेकाले कार्कीलाई आजै मुख्यमन्त्री नियुक्त गर्नुपर्ने उनीहरूको माग थियो। तर प्रदेश प्रमुख खापुङले भने सनाखतका लागि भोलिसम्मका लागि समय लम्ब्याएका छन्।