अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनुशासनहीनता र अराजकताले पार्टी अगाडी बढ्न सक्दैन: अध्यक्ष ओली

अनुशासनहीनता र अराजकताले पार्टी अगाडी बढ्न सक्दैन: अध्यक्ष ओली


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनवादी केन्द्रीयताबाहेक संसारमा अरू सङ्गठनात्मक सिद्धान्त नभएको बताउनु भएको छ ।

शुक्रवार एमाले स्कुल विभागले आयोजना कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जनवादी केन्द्रीयता आवश्यक रहेको भन्दै जनवादी केन्द्रीयताविना पार्टी चल्न नसक्ने बताउनुभयो।

उहाँले जनवाद मात्र बुझ्ने, केन्द्रीयतालाई नबुझ्ने, पार्टीको नीति, विधि, संगठन संरचनाभित्र नबाँधिएको मानिस पार्टीमा अटाउन नसक्ने पनि बताउनुभयो ।

पार्टीको अनुशासन नमान्ने व्यक्ति पार्टीको कार्यकर्ता हुन नसक्ने उहाँको भनाइ छ। ओलीले पार्टीबाट प्रशिक्षित भएका व्यक्ति चेतनाको दियो भएर उभिन सक्नुपर्ने धारणा राख्नभयो।

कार्यक्रममा ओलीले पार्टीमा बसेर महासचिव, उपमहासचिव मान्दिँन भन्नु संगठन विपरीत भएको भन्दै अनुशासनहीन र अराजकताले पार्टी अगाडी बढ्न नसक्ने बताउनुभयो।

अध्यक्ष ओलीले पार्टीभित्र सुदृढ अनुशासन कायम नभए पार्टी जोगाउन नसकिने पनि चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, ‘पार्टी जीवनमा संगठन, नेतृत्वलाई मान्नुपर्छ। यो मान्दिन, ऊ मान्दिन भन्ने छुट कसैलाई छैन। पार्टीलाई पार्टीको ढंगले चलाउन अनुशासन चाहिन्छ, जनवादी केन्द्रीयता चाहिन्छ।’

‘केन्द्रीयता नभइ पार्टी हुन सक्दैन। केन्द्र नभई देशभरीको पार्टी के हुन्छ ? हरेक सदस्य ऊ आफै पार्टीको सिंगो रचना त हुन नसक्दैन नि । पार्टीको संरचनालाई स्वीकार गरिएन भने पार्टीका नीति र विधिहरुको पालना कसरी हुन्छ ?’ उहाँले जिज्ञासा गर्नुभयो । पार्टीको संरचना नीति स्वीकार गर्नुपर्छ उहाँले भन्नुभयो । 

पार्टी भनेको अनुशासनयुक्त हुन्छ। त्यसकारण सुदृढ अनुशासन पार्टीमा चाहिन्छ अध्यक्ष ओलीले भन्नुभयो, ‘जहाँ पनि अराजकतालाई कहीँ पनि एक इन्च अस्विकार गर्नुस् । एक इन्च पनि स्वीकार नगर्नुस् । हरेक ठाउँमा अस्विकार गर्नुस अराजकतालाई । जनवाद मात्रै बुझ्ने, केन्द्रीयतालाई नबुझ्नेले पार्टी बुझ्दैन।’ पार्टीको नीति, विधि, संगठन संरचनाभित्र नबाँधिएको मानिस पार्टी हुन नसक्ने उहाँले बताउनुभयो।