काठमाडौं-प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवा लिम्बु (एलपी)ले दुग्ध किसानहरुले दूध बिक्री गरेको रकम नपाएकाेकाे बारे सरकारको ध्यानाकर्षण गराउनु भएको छ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य साँवाले दुग्ध किसानहरुले दूध बेचे बापतको रकम उपलब्ध गराइ दिन सरकारको ध्यानाकर्षण गराउनु भएको हाे।
उहाँले भन्नुभयो, ‘नेपाल कृषि प्रधान देश हो। हामी कृषिमा आत्मनिर्भर हुनुपर्छ भन्ने छ। झापाको प्रतिक्षा डेरी, तारा दुग्ध डेरी, विन्ध्याबासनी कृषि फर्म, आमा दुग्ध डेरी, कामधेनु डेरी, हम्से तुम्से डेरी, जुनतारा कृषि फर्मबाट असार महीनादेखि ६ लाख ४५ हजार भन्दा बढी लिटर दुग्ध विकास संस्थान विराटनगरले खरीद गरेको छ। जसको मूल्य ४ करोड १६ लाख ४६ हजार भन्दा बढी बढी छ। सो रकम आजको दिनसम्म किसानहरुले पाएका छैनन्। अहिले चाडपर्व दशैं पनि शुरु भइसकेको छ। त्यसैले किसानहरुले दूध बेचे बापतको रकम उपलब्ध गराइ दिन सरकारको ध्यानाकर्षण गर्दछु।’
प्रतिक्रिया