अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीको सत्ता खेल : अहिले विहान ८ बजे देखि साँसदहरु प्रदेश प्रमुखकोमा लाइन बस्नु पर्ने

कोशीको सत्ता खेल : अहिले विहान ८ बजे देखि साँसदहरु प्रदेश प्रमुखकोमा लाइन बस्नु पर्ने


काठमाडौं – कोसीको सत्ता खेलमा आज विहान ८ बजे देखि साँसदहरुको सनाखत हुने भएको छ । यसका लागि मूख्यमन्त्रीका दाबेदार केदार कार्की र इन्द्रबहादुर आङ्बोलाई समर्थन गरेका साँसदहरु प्रदेश प्रमुख समक्ष उपस्थित हुनु पर्नेछ । दुईदिन अघि कार्कीले काँग्रेसबाट विद्रोह गरेर एमालेको समर्थनमा ४७ जना साँसदको हस्ताक्षर सहित प्रदेश प्रमुखसँग मूख्यमन्त्रीको दाबी गर्नुभएको छ । यस्तै गठबन्धनका तर्फबाट आङ्बोले पनि ४७ जना साँसदहरुकै हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउनु भएको छ । काँग्रेसका विद्रोहीहरुले आफूहरुको हस्ताक्षर गठबन्धनले दुरुपयोग गरेको आरोप लगाएका छन् ।
केही साँसदहरुको हस्ताक्षरमा दुविधा भएकोले आज भौतिक रुपमै उपस्थित हुन साँसदहरुलाई डाकिएको छ प्रदेश प्रमुख कार्यलयका एक कर्मचारीले भने ।

कोसीका प्रदेश प्रमुख परशुराम खापुङले सनाखत प्रयोजनका लागि सांसदहरूलाई आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म उपस्थित हुन निर्देशन दिनुभएको छ ।
मुख्यमन्त्रीमा केदार कार्कीलाई कांग्रेसका आठ र एमालेका ३९ सांसदले समर्थन गरेका छन् । अर्कोतिर माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि ४७ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए ।
९३ जना साँसद भएको कोसीमा बहुमत पुर्‍याउन ४७ सदस्य आवश्यक पर्छ ।

एमाले नेतृत्वको सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते विश्वासको मत लिन नसक्दा राजीनामा दिनुभएको थियो । ।