अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले झापा -काठमाडौं सम्पर्क मञ्चले आज शुभकामना आदानप्रदान कार्यक्रम प्रदान गर्ने

एमाले झापा -काठमाडौं सम्पर्क मञ्चले आज शुभकामना आदानप्रदान कार्यक्रम प्रदान गर्ने


काठमाडौं -नेकपा एमाले झापा -काठमाडौं सम्पर्क मञ्चले आज अध्यक्ष केपी शर्मा ओली सहित अन्य पार्टीका चार झापाली नेता सहित चाडपर्वको शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरेको छ ।
मञ्चका अध्यक्ष सुरज काफ्लेका अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा,राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र माओवादी नेता राम कार्कीको उपस्थितीमा चाडपर्वका शुभकामना कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रम तीनकुने स्थित ताज व्यांकेटमा आयोजना हुदैछ ।
झापाबाट विभिन्न कामको शिलसिलामा काठमाडौं उपत्यकामा आएर बसोबास गरेका झापलीहरु बीच भातृत्व र भगिनित्वको सम्बन्ध स्थापना गर्नका लागि हरेक वर्ष मञ्चले हरेक वर्ष शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने गरेको छ ।