अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोसीमा सत्ताको खेल : केदार कार्कीलाई मूख्यमन्त्री बनाउन एमाले साँसदहरु प्रदेश प्रमुख कार्यलयमा

कोसीमा सत्ताको खेल : केदार कार्कीलाई मूख्यमन्त्री बनाउन एमाले साँसदहरु प्रदेश प्रमुख कार्यलयमा


विराटनगर- मूख्यमन्त्रीलाई दिएको हस्ताक्षरको सनाखत गर्न कोशी प्रदेशका साँसदहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।
एमालेको समर्थनमा मूख्यमन्त्रीको दाबी गरेको काँग्रेसका विद्रोही उम्मेद्वार केदार कार्की सहितका साँसदहरु प्रदेश प्रमुख कार्यलयमा पुगिसकेको प्रेस चौतारी नेपालका सचिव एवं कोशी प्रदेश इन्चार्ज विक्रम लुइटेलले जानकारी दिनुभयो । लुईटेलका अनुसार काँग्रेसका विद्रोही ८ र एमालेका ३८ साँसदहरु प्रदेश प्रमुखकोमा पुगिसकेका छन् । एमाले ज्ञानेन्द्र सुवेदी आफ्नो निवास बेलाबारीबाट प्रदेश प्रमुखकोमा आउने क्रम रहेको लुइटेलले जानकारी दिनुभयो ।

संसदीय दलका नेता हिक्मत कार्कीको नेतृत्वमा एमाले साँसदहरु प्रदेश प्रमुखकोमा पुगेका हुन् । विद्रोही काँग्रेसका साँसदहरुको सहजिकरण काँग्रेसका संघीय साँसद सुनिल शर्माले गर्नुभएको छ ।


स्रोतका अनुसार एमालेको समर्थन पाएका कार्कीको समुहको हस्तक्षरलाई प्रदेश प्रमुखले प्रमाणित गरिदिएको खण्डमा गठबन्धनमा उम्मेद्वार हस्ताक्षर प्रमाणित गर्न नआउने सम्भावना रहेको छ । कार्की समुहको हस्ताक्षर प्रमाणित भए अहिले केहीबेर मै केदार कार्कीलाई मूख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख पर्शुराम खापुङको तयारी छ ।