अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथ आइतबार

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथ आइतबार


विराटनगर-कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीको शपथग्रहण आइतबार दिउँसो १ बजे हुने भएको छ।

आज शनिबार बिहान आफ्ना पक्षमा हस्ताक्षर गरेका ४७ जना सांसदलाई प्रदेश प्रमुखको कार्यालयमा उपस्थित गराई सनाखत गराएपछि प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। 

कार्कीलाई एमालेका ३९ र काँग्रेसका ८ सांसदले समर्थन गर्दै संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्दै निवेदन दिएका थिए । उक्त हस्ताक्षरको सनाखत गरेपछि प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।