अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अराजकताले मुलुकको लोकतान्त्रिक पद्धती समाप्त गर्न खोज्यो : महेश बस्नेत

अराजकताले मुलुकको लोकतान्त्रिक पद्धती समाप्त गर्न खोज्यो : महेश बस्नेत


काठमाडौं -नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले अराजकका कारण मुलुकमा लोकतान्त्रिक हकअधिकार कार्यान्वयन गर्ने विषय चुनौतीपूर्ण बनेको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले अराजकवादीले मुलुकको परिवर्तनमाथि नै हमला गर्ने गरेको टिप्पणी गर्नुभएको छ ।

बस्नेतले गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैलीको पनि आलोचना गरे । बस्नेतले देशमा शान्ति, सुरक्षा निकै कमजोर बनेको जिकिर गर्नुभयो ।
उहाँले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको गतिविधिको विरोध गर्नुभएको छ । आफूहरूले शान्तिपूर्ण ढंगले कार्यक्रम गर्दा कसैले ‘थ्रेट’ दिए चुप लागेर नबस्ने बस्नेतको चेतावनी छ । ।

झापामा आफूहरूको कार्यक्रम बिथोल्नका निम्ति जातीय पहिचानवादी र दुर्गा प्रसाईंका समर्थक मिलेर आएको बस्नेतको भनाइ छ । सरकारले अराजकलाई कानुनी दायरामा नल्याए प्रतिकारमा उत्रन बाध्य हुनेबस्नेतको चेतावनी छ ।