अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीका मुख्यमन्त्री केदार कार्कीलाई अध्यक्ष ओलीले भन्नुभयो -काँग्रेसको गलत कदमका विरुद्ध उभिनु भएकोमा बधाइ छ

कोशीका मुख्यमन्त्री केदार कार्कीलाई अध्यक्ष ओलीले भन्नुभयो -काँग्रेसको गलत कदमका विरुद्ध उभिनु भएकोमा बधाइ छ


काठमाडौं- कोशी काँग्रेसमा विद्रोह गरेर एमालेको सहयोगमा मुख्यमन्त्री भएका केदार कार्की अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न आज बालकोट जानु भएको छ ।
मुख्यमन्त्रीको नियुक्ती लिएपछि काठमाडौं आएका कार्कीले पहिला काँग्रेस नेता शेखर कोइरालालाई निवासमै गएर भेट्नु भएको थियो । त्यसपछि एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुग्नु भएको हो । अध्यक्ष ओलीले कार्कीलाई बालकोटमा बधाइ तथा शुभकामना दिनुभएको थियो ।
स्रोतका अनुसार अध्यक्ष ओलीले काँग्रेसको विद्रोही खेमा यसरी अन्तिमसम्म अड्न सक्छ भन्ने आफूलाई नलागेको बताउनुभएको थियो । उहाँले माओवादीको लहलहैमा लागेर काँग्रेसले गरिरहेको असंवैधानिक राजनीतिलाई कोशीका विद्रोही काँग्रेसको कदमले सच्याउने आशा पनि व्यक्त गर्नुभएको छ । अध्यक्ष ओलीले पार्टीभित्रै गलत कदमका विरुद्ध उभिन सकेकोमा पनि कार्कीलाई बधाइ दिनुभएको छ ।
आज पद तथा गोपनयिताको सपथ ग्रहण गरेर सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी कार्कीको छ । जसमा काँग्रेसबाट एक र एमालेबाट एकजना मन्त्री बनाउने तयारी छ । हिक्मत कार्की मुख्यमन्त्ती भएका बेला प्रदेश १ को नामलाई कोशी नाम प्रस्तावक राम रानालाई मन्त्री बनाउने तयारी छ ।