अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काँग्रेसबाट जोसुकै मन्त्री बने पनि मान्य,गठबन्धनबाट बने अमान्य : हिक्मत कार्की

काँग्रेसबाट जोसुकै मन्त्री बने पनि मान्य,गठबन्धनबाट बने अमान्य : हिक्मत कार्की


विराटनगर- कोशी प्रदेशमा सरकार गठनका क्रममा नेपाली काँग्रेसका जो कोही साँंसदलाई मन्त्री बनाए पनि आफूहरुलाई आपत्ती नहुने नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले बताउनुभएको छ ।
तर काँग्रेस बाहेक गठबन्धन दलका अन्य साँसदलाई मन्त्री बनाएमा आफूहरुलाई मान्य नहुने उहाँको भनाइ छ ।
यो बेला डट कमसँग कुरा गर्दै एमाले स्थायी कमिटी सदस्य समेत रहनु भएका कार्कीले आफूहरुको चाहना काँग्रेस एमाले मिले सरकार बनाउने भन्ने भएकोले काँग्रेस भित्रबाट जो कोही मन्त्री बने पनि आफहरुलाई मान्य हुने बताउनुभएको छ । मुख्यमन्त्री केदार कार्कीले आज सपथ ग्रहणकै क्रममा काँग्रेसबाट एक र एमालेबाट एकजना मन्त्री बनाउने तयारी गर्नुभएको छ । एमलेले इलामका साँसद राम रानालाई मन्त्री बनाउने तयारी गरेको छ । इलाम क्षेत्र नं २ मा हुने उपनिर्वाचनलाई ध्यानमा राखेर रानालाई मन्त्री बनाइन लागेको एमाले कोशी स्रोतले जानकारी दिएको छ ।