काठमाडौं-नेपालीहरूको महान् चाड बडा दसैँ आजबाट सुरु भएको छ। यस अवसरमा आइतबार काठमाडौंको हनुमानढोकास्थित दसैँ घरमा घटस्थापना गरिएको छ। बिहान ११ः२९ मिनेटको शुभसाइतमा दसैँ घरमा घटस्थापना गरिएको हो।
त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले तोप पड्काएर हर्ष बढाई गरेको थियो भने दसैँ घरमा शङ्ख, घण्टा र डमरु बजाएर दुर्गा भगवतीको पूजा, आराधना गरिएको थियो ।
दसैँको पहिलो दिन वैदिक विधिपूर्वक द्वीप, गणेश र कलशको पूजा गरी जौको जमरा राख्ने गरिन्छ। यसरी विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्ति स्वरुप दुर्गा भगवतीको पूजा आराधना गरिने भएकाले त्यस दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो। घटस्थापनाको दिन रोपिएको जमरालाई विजया दशमीको दिन शक्तिकी देवी दुर्गा भगवतीको प्रसादको रूपमा ग्रहण गर्ने गरिन्छ ।






प्रतिक्रिया